साहस उर्जाको आइपीओ बाँडफाँट, ६ लाख ४४ हजारले पाए १०/१० कित्ता



काठमाडौं । साहस उर्जा कम्पनीको आइपीओ बाँडफाँट भएइको छ । आइतबार विहान कम्पनीको आइपीओ बाँडफाँट भएको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आवेदकमध्ये ६ लाख ४४ हजारले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएएको थियो भने ५ हजार २८५ वटा आवेदन अस्वीकृति गरिएको थियो ।

कम्पनीले असोज गतेदेखि १० गतेसम्म आइपीओ निष्कासन गरेको थियो । कम्पनीले ७० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका एि ।


क्लिकमान्डु