प्रभु क्यापिटल बन्यो १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी



काठमाडौं । प्रभु क्यापिटलले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । असोज १६ गते छायाँ सेन्टर ठमेलमा अवस्थित होटल एलोफ्टमा सम्पन्न साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस सेयरसहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।

यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिंग कार्य गर्न अनुमति लिएका संस्थामध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पुर्याउने पहिलो कम्पनी बनेको छ ।

प्रभु क्यापिटलले मर्चेन्ट बैंकिङ अन्तर्गत सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामूहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु