सरकार सञ्चार क्षेत्रको स्वतन्त्रताको पक्षमा छ, मर्यादित भएर जिम्मेवारी निभाउनुहोस: प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चार क्षेत्रको स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

शुक्रबार ग्यालेक्सी फोरके टेलिभिजनको उदघाटन कार्यक्रममा बोल्दै प्रम देउवाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै सरकारले सञ्चार जगतलाई नियन्त्रण गर्ने गरी कुनै काम नगर्ने स्पष्ट पारे ।

‘सञ्चार जगत व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछिको चौथो अंग भएको र यो लोकतन्त्रका लागि आवश्यक छ,’ उनले भने, ‘लोकतन्त्रका लागि मर्यादित भएर जिम्मेवारी निभाउनु होस् ।’


क्लिकमान्डु