फोनपे तेस्रो वर्षमा, ५ लाखबढी मर्चेन्ट, दैनिक ३० करोडबढिको कारोबार



काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अघि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजारभन्दा बढी मर्चेन्ट छन् ।

बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पेमार्फत् कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोन पे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।

हाल फोन पेको क्यूआरमार्फत् दैनिक ५० हजार रुपैयाँ कारोबारबाट ३० करोडभन्दामाथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोन पे डाइरेक्ट गरी दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।

फोन पे बैंकिङ र मर्चेन्ट बिस्तारकोे हिसाबले नेपालका ७ वटै प्रदेशमा पुगिसेकको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो । जसले ग्राहक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।


क्लिकमान्डु