दरबारमार्गको ‘हार्ड रक क्याफे’ अक्टोबरदेखि सञ्चालन हुने



काठमाडौं । हार्ड रक क्याफे आगामी महिनादेखि सञ्चालनमा आउने भएको छ । दरबारमार्गमा अवस्थित शेर्पा मलमा हार्ड रक क्याफे सञ्चालनमा आउने भएको हो ।

क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर हो । जसका लागि हार्ड रक प्रसिद्ध छ । यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत रहेको छ । जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइनेछ ।

यसैगरी मेनुमा ग्रील्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सीमि र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ भनें स्याण्डवीचहरु बर्बेक्यू गरिएको चिकन वा ग्रील्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर उपलब्ध गराइनेछ ।

मेनुमा संलग्न परिकारमध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स पनि हुनेछ । जुन खास गरेर हार्ड रक क्याफे काठमाडौंका लागि डेनमार्कबाट झिकाइएको छ । ७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेण्डसँग सिजनिङ गरिनेछ । त्यसपछि घरेलु बार्बेक्यू ससको साथमा मिसाएर सटिकताका लागि ग्रिल्ड गरिनेछ अनि सिजन्ड फ्राइज, कोलस्ल र र्यान्च स्टाइलका सिमिहरुसँग पस्किइनेछ ।

फाइल तस्बिर

त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुईं कटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायत बूजी मिल्कसेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको चयन रहनेछन् ।

हार्ड रक क्याफेकोे प्रमुख आर्कषणमध्ये यसमा अवस्थित संग्रह ‘मेमोराबिलिया’ पनि हुनेछ । साथै, ग्राहकहरुले संग्रहको समीपमा रही विभिन्न परिकारहरुको नौलोे स्वाद पनि लिन सक्नेछन् । यसका साथै पहिलो तल्लामा अवस्थित ‘रकसप’मा गई विभिन्न सामानहरु खरिद गर्न सक्नेछन् । हार्ड रक क्याफे काठमाडौंमा १०० जना स्थानीय कामदारहरु रहनेछन् ।

लन्डनमा शुरु भए पनि सन् २००७ मा कम्पनीका २ संस्थापकले अमेरिकाको क्याफे इन्टरनेसनल इंकलाई सर्वाधिकारसहित बिक्री गरेको थियो ।
कम्पनीले विश्वका ७५ देशमा १८० रेष्टुराँसँगै २४ वटा होटल र ११ वटा क्यासिनो समेत सञ्चालनमा छन् ।


क्लिकमान्डु