चीपको अभावका कारण मारुती सुजुकीले अक्टोबरमा ४०% ले उत्पादन कटौती गर्ने



एजेन्सी । विश्वभरमा कार कम्पनीहरु सेमिकन्डक्टरको समस्यासँग जुधिरहेका छन् । नयाँ रिपोर्ट अनुसार मारुती सुजुकीले यो समस्याका कारण अक्टोबरमा ४० प्रतिशत उत्पादन कटौती गर्नेछ । अर्थात् कम्पनीले ६० प्रतिशत मात्रै उत्पादन गर्नेछ । यद्यपि यो सेम्टेम्बरको तुलनामा बढी हो ।

मारुती सुजुकीले जारी गरेको बयानमा सेमिकन्डक्टर तथा इलेक्ट्रिोनिक्स कम्पोनेन्ट्सको कमीका कारण अक्टोबरमा भारतको हरियाणा र कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ कम्पनी, सुजुकी मोटर गुजरातबाट हुने उत्पादनमा कटौती हुन सक्नेछ । यद्यपि अवस्था गतिशिल भएको र वर्तमानमा दुबै स्थानबाट सवारी साधन उत्पादन ६० प्रतिशतमा मात्रै सीमित हुने अनुमान गरिएको छ ।

कम्पनीले गत जुलाई महिनामा पूर्ण क्षमतामा १ लाख ७० हजार ७१९ युनिट उत्पादन गरेको थियो । जुलाई महिनामा सप्लाइ तथा उत्पादनमा समस्या थिएन् ।


क्लिकमान्डु