ओयोले आइपीओ निष्कासन गर्न पायो अनुमति, १ अर्ब ३५ करोड जुटाउने तयारी



एजेन्सी । होटल बुकिङ एप ओयोले होटल्स एण्ड होम्सलाई सर्वसाधारणमा आइपीओ जारी गर्नका लागि अनुमति पाएको छ । कम्पनीले आइपीमार्फत् करिब १ अर्ब ३५ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ । यो भारतीय बजारमा युनिकर्नमा सूचिकृत कमपनी हो । यसको अर्थ यो १ अर्ब डलरबढी बजार मूल्य भएको कम्पनी हो ।

ओयोगले गत साता मर्चेन्ट बैंकर्सको नियुक्त गरेको थियो । कम्पनीले नयाँ सेयर जारी गरेर ७ हजार करोड भारु जुटाउने छ भने बाँकी रकम दोस्रो बजारको सेयरका माध्यमबाट वा वर्तमान सेयरधनीलाई सेयर बिक्री गरी रकम जुटाउनेछ । ओयोको भ्यालुएसन ९ अर्ब डलर हुने आँकलन गरिएको छ । यो भारतको सबैभन्दा धेरै भ्यालुएसन भएको तेस्रो ठूलो स्टार्टअप कम्पनी हो ।

ओयोका संस्थापक रितेश अग्रवाल हुन् । यसका तीन प्रमुख सेयरधनी छन् । जसमा आर. ए. हस्पिटल, सफ्ट बैंक विजन पनि सेयरधनी हुन् । सफ्ट बैकसँग ४६ प्रतिशत सेयर छ भने अग्रवाल र उनको कम्पनी आर. ए. हस्पिटलसँग ३३ प्रतिशतका दरले सेयर स्वामित्व छ ।


क्लिकमान्डु