आवासीय विदेशीले बुध्द एयरको नर्मल फेयर मै टिकट काट्न पाउने



काठमाडौं । बुध्द एयरले ६ महिनादेखि नेपालमै बसोबार गर्दै आएका विदेशीहरुका लागि हवाई भाडादर घटाएको छ । कम्पनीले नेपालमै बसोबास गर्दै आएका विदेशीहरुको हकमा बुध्द एयरको आवासीय भाडादर घटाएको हो ।

यसअघि आवासीय भाडादर नेपालीहरुका लागि तोकिएको भाडादरको तुलनामा १.७ गुणा महंगो थियो । अब नेपाली भाडादर ‘वाई’ क्वास बराबर पैसा तिरेर आवासीय विदेशीहरुले हवाई यात्रा गर्न पाउने भएका छन् ।

नयाँ टिकटदर शुक्रबारदेखि नै लागू हुने बुध्द एयरले जानकारी दिएको छ ।

बुध्द एयरका अनुसार सबैभन्दा महंगो ‘वाई’ क्लासको टिकटमा नेपालीहरुको तुलनामा विदेशीले १.७ गुणा बढी पैसा तिर्नुपर्दथ्यो । तर अब विदेशीहरुले पनि ‘वाई’ क्लासको नेपालीले सरहले नै टिकट काट्न पाउनेछन् ।

बुध्द एयरले ‘वाई’, ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ क्लासका टिकट बिक्री गर्दछ । त्यसबाहेक ‘ई’ क्लासमै स्पेसल फेयरका रुपमा निकै सस्तो टिकट पनि बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु