सानिमा बैंकको नयाँ शाखा ललितपुरको सानेपा र हरिसिद्धि



काठमाडौं । सानिमा बैंकले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।

सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरे ।

सानिमा बैंकको देशका ७ वटै प्रदेशमा गरी १०८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु