दशैंको अवसरमा भीभोले ल्यायो आकर्षक योजना



काठमाडौं । स्मार्टफोन उत्पादक कम्पनी भीभोले दशैंको अवसरमा भीभो लक्की ड्र« अभियान आयोजना गर्ने भएको छ । जसमा प्रत्येक भीभो स्मार्टफोन खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार जित्ने अवसर हुनेछ ।

अक्टोबर १ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म भीभो स्मार्टफोन खरिद गर्ने ग्राहकले यो अभियानमा सहभागी हुन पाउनेछन् ।

दशैं भीभो लक्की ड्र«मा सहभागी भाग्यशाली ग्राहकहरुले उपयोगी एवं आकर्षक उपभोग्य सामग्री जस्तै एलजीका होम अप्लाएन्स, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एंकर गेमिङ्ग हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड्स् र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्ने छन् ।


क्लिकमान्डु