सीवाईसी नेपाल लघुवित्तले आइपीओ निष्कासन गर्न सेबोनमा दियो आवेदन



काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । कम्पनीले असोज ११ गते सेवोनमा आवेदन दिएको हो ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


क्लिकमान्डु