न्यादी हाइड्रोपावरको आइपीओ निष्साकसन आजदेखि



काठमाडौं । न्यादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले २२ लाख ५० हजार कित्तामध्ये ४५ हजार कित्ता कर्मचारीका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषकी लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आइपीओमा असोज १९ गतेसम्म आवेदन दिन पाइनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।


क्लिकमान्डु