५० हजार बिक्यो एनटर्क स्कुटर, नक्सालदेखि धुलिखेसम्म राइड गर्ने



काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको अवसरमा ‘सेलिब्रेसन राइड’को आयोजन गर्ने भएको छ ।

यो राइड असोज १६ गते नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुनेछ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरञ्जक खेल र सहभागीसंग एक अन्तरक्रियात्मक सत्रको समेत आयोजना गरिएको कम्पनीको भनाइ छ ।

सेलिब्रेसनका क्रममा सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याइ एनटर्किएन क्लबको गठन गरिनेछ । यसले सबै राइडरलाई एक अर्कासँग जोडिनका लागि सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल टीभीएस परिवारमा ५० हजार सदस्य पुगेकोमा खुसी व्यक्त गरे ।

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा शुरु गरिएको थियो । कम्पनीको यो स्कुटर छोटो समयमा सबैभन्दा बढी बिव्रmी हुने स्कुटर बन्न पुगेको दाबी छ ।


क्लिकमान्डु