डिमाण्ड चार्ज बढाउने विषय मान्य छैन, खेर जाँदा पनि उद्योगले पाएनन् बिजुलीः पवन गोल्यान



काठमाडौं । व्यवसायी पवन गोल्यानले बिजुली खेर गएको अवस्थामा डिमाण्ड चार्ज बढाउने विषय कुनै पनि हालतमा मान्य नभएको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले यति बेला डिमाण्ड चार्ज बढाउनुपर्ने कुनै पनि औचित्य नभएको भन्दै उनले प्रयोग नभएको अवस्थामा मात्रै त्यस्तो शुल्क लिन नहुने बताए ।

कुनै ३३, ६६ केभी र १३२ केभी क्षमताका प्रसारण लाइनमा घटेको महशुल समेत औचित्यपूर्ण नभएको उनको भनाइ छ ।

प्रतियूनिट ४ रुपैयाँ बिजुली निर्यात गर्ने तरखरमा रहेको अवस्थामा स्वदेशी उद्योगलाई सहज रुपमा बिजुली उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

बिजुली खेर गइरहेको अवस्थामा डेडिकेटेड र ट्रंक लाइनको मागमा थप बिजुली नदिनु अन्यायपूर्ण भएको बताए । एकातिर बिजुली खेर जाने अर्कोतर्फ विदेशबाट आयात भएको डिजल प्रयोग गर्नुपर्ने अवस्था आउनु कुनै पनि मिल्दो विषय नभएको उनको भनाइ छ ।


क्लिकमान्डु