फेरि ओरालो लाग्यो बजार, नेप्से ३२ अंकले घट्दा कारोबार रकम पौने ४ अर्बमा सीमित



काठमाडौं । बुधबार बाउन्स ब्याक भएको सेयर बजारमा बिहीबार फेरि पुरानै गति देखिएको छ । बिहीबार नेप्से परिसूचक ३२.५२ अंकले घटेर २६३३.४२ अंकमा सीमित भएको छ । गत बिहीबारदेखि मंगलबारसम्म २०४ अंकले घटेको बजारमा बुधबार केही सकारात्मक संकेत देखिए पनि बिहीबार फेरि गिरावट कै बाटोमा नेप्से देखिएको छ ।

लगानीकर्ता दशैं आउँनै लाग्दा बजारबाट बाहिरिन खोजेको देखिएको छ ।

यो दिनको कारोबारमा लामो समयसम्म कारोबार रकममा समेत उल्लेख्य कमी आएको छ । यो दिन ७३ लाख ३१ हजार १४ कित्ता सेयर जम्मा ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँमा कारोबार भएको छ ।

उपसमूहतर्फ ट्रेडिङ र म्यूचुअल फण्डबाहेकमा गिरावट देखिएको छ ।

यद्यपि यो दिनको कारोबारमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, माइलुङ खोला जलविद्युत् कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स, हिमालयन पावर पाटर्नर, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनीको सेयरमा गिरावट देखिएको छ ।


क्लिकमान्डु