सिभिल लघुवित्तले २०% लाभांश दिने



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार ३७९ रुपैयाँ ५० पैसाको १९ प्रतिशत बोनस तथा १ प्रतिशत बोनसका लागि कर प्रयोजनका लागि नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु