सानिमा बैंकले रेमिट्यान्स मुद्दतिमा १०.५१५ सम्म मासिक ब्याजदर दिने



काठमाडौं । दशैंको अवसरमा सानिमा बैंकले ग्राहकको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत रेमिट्यान्स मुद्दति खातामा १०.५१५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ ।

असोज १ गतेदेखि लागू गरी भएको उक्त योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्टमार्फत् बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दति खातामा परिमार्जन गर्दा बैंकले १०.५१५ सम्म उच्च ब्याजदर दिइरहेको छ ।

साथै बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा, ५० हजार रुपैयाँ बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार रुपैयाँ बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने छ ।


क्लिकमान्डु