सिन्धु विकास बैंकको सीइओ जोशीले दिए राजीनामा, गिरीलाई नायव सीइओको जिम्मेवारी



काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश प्रसाद जोशीले राजीनामा दिएका छन् । बैंकका अनुसार जोशीले व्यक्तिगत कारण देखाइ कात्तिक १ गतेदेखि लागू हुने गरी सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् ।

सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामकुमार गिरीलाई कात्तिक १ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिएको छ ।


क्लिकमान्डु