गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा ४०% सम्मको छुट



काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा लिँदा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसका लागि बैंक र कम्पनीबीच सम्झौता भएको छ । गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा छुट सुबिधा पाउन सक्ने छन् ।

जसमा हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्म, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०% सम्म, हेयर फल ट्रिटमेन्टमा २५% र डेन्टल ट्रिटमेन्टमा २०% सम्म र ल्याब ईन्भेस्टिगेसनमा १५% सम्म छुट पाउनेछन् ।


क्लिकमान्डु