र्‍याडिसन होटलको सञ्चालकमा तिवारीसहित ६ जना निर्विरोध निर्वाचित



काठमाडौं । पाँचतारे होटल र्‍याडिसनको सञ्चालक समितिमा प्रकाश तिवारी फेरि निर्वाचित भएका छन् । उनीसँगै ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

ओरियण्टल होटल लिमिटेठ अन्तर्गत सञ्चालित र्‍याडिसनमा बुधबार विहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता भएको थियो ।

जसमा तिवारीसहित संस्थापक सेयरधनीबाट अनिलदास श्रेष्ठ, शुभद्रा श्रेष्ठ, विधाता श्रेष्ठ मिसु श्रेष्ठ र सेयरधनीका तर्फबाट प्रकाश तिवारी र सुनिललाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।


क्लिकमान्डु