वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित



वीरगन्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित भएका छन् ।

सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा सुबोधकुमार गुप्तालाई युनिभरसिटीले भव्य समारोहका बीच सम्मान गरेको हो ।

उनले वर्षौदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पुर्‍याएको योगदानका फलस्वरुप युरोपियन इन्टरनेशनल युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले सुबोधकुमार गुप्तालाई “प्रोफेसनल डक्टरल सर्टिफिकेट” दिने निर्णय गरेको हो ।

सुवोध कुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको तथा नेपाल चामल, तेल, दाल उद्योग महासंघको केन्द्रीय अध्यक्ष हुन् ।


क्लिकमान्डु