सेयर बजारमा बाउन्स ब्याक, ३ दिनमा २०४ अंकले घटेपछि ५० अंकले बढ्यो नेप्से



काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा बुधबार लगानीकर्ता हर्षित भएका छन् । तीन कारोबार दिनमा २०४ भन्दा बढी अंकले घटेपछि बुधबार भने ५० अंकको बाउन्स ब्याक भएको छ । नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९४ अंकमा बन्द भएको छ ।

यो दिन कारोबार संख्या र रकममा भने उत्साह देखिएको छैन । यो दिनको कारोबारमा ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर जम्मा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १९५ वटा कम्पनीको सेयर हरियोरंगमा बन्द भएको छ भने २१ वटा कम्पनीको सेयर मूल्य रातो चिन्हसँगै बन्द भएको छ । १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।

उपसमूहतर्फ पनि सबैमा वृद्धि देखिएको छ । जसमध्ये सबैभन्दा बढी फाइनान्स, हाइड्रोपावरको सेयर मूल्यमा उछाल देखिएको छ ।

यो दिनको कारोबारमा अपि पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर, कालिका पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनीपको सेयर मूल्यमा पनि उछाल देखिएको छ ।


क्लिकमान्डु