सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय रुपैयाँ



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा बुधबार १ सय रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएकोमा बुधबार ८८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा बुधबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु