एनएमबि बैंकको मुद्दति निक्षेपमा ९.५२% ब्याज पाइने



काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई मुद्दति निक्षेपमा ९.५२ प्रतिशत ब्याज दिने भएको छ । नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतिमा ९.५२% वार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्नेछ ।

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भीकेवाइसीमार्फत् ग्राहकहरुले अनलाइन खाताको शुरुदेखि अन्त्यसम्मका प्रक्रिया बैंकसम्म नधाइकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गदै आइरहेको छ ।


क्लिकमान्डु