भारतमा पनि आइपीओ बिक्रीमा रेकर्ड ब्रेक, यो वर्ष मात्रै ७५ हजार ७५१ करोड रकम जुट्यो



एजेन्सी । नेपालमा आइपीओमा हुने लगानीमा उल्लेख्य वृद्धि पछिल्लो समयमा इतिहासकै सबैभन्दा बढी देखिएको छ । एउटै आइपीओमा २५ लाखभन्दा बढीले आवेदन दिन थालेका छन् ।

तर छिमेकी देश भारतमा पनि आइपीओ बिक्रीमा हालसम्मकै सबैभन्दा बढी आवेदन परेको छ । भारतमा सन् २०२१ मा नै हालसम्मकै सबैभन्दा बढी साधारण सेयर आइपिओ बिक्री भएको हो ।

ठूला लगानीका धेरैजसो कम्पनीलाई अनिवार्य रुपमा आइपीओ बिक्री गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू भएपछि भारतमा यस वर्षको हालसम्म मात्रै ७५ हजार ७५१ करोड भारु बराबरको आइपिओ बिक्री गरिएको छ ।

यो सन् २०१७ पछिकै सबैभन्दा बढी हो । त्यसवर्ष कूल ७५ हजार २७९ करोड बराबरको रकम जुटेको थियो ।

समाचार विवरण अनुसार सन् २०२० मा १५ कम्पनीले २६ हजार ६२९ करोड भारु बराबरको रकम जम्मा भएको थियो ।

यस्तै, २०१९ मा १६ कम्पनीको १२ हजार ६८७ करोड बराबरको रकम जुटेको थियो । यस्तै, २०२१ को हालसम्म ४२ कम्पनीले आइपिओ बिक्री गरेका छन् । सन् २०२१ मा हालसम्मकै सबै रेकर्ड ब्रेक भएको छ ।

भारतमा यसै महिनाको अन्तिममा समेत आदित्य बिरला सनलाइफको आइपीओ बिक्री हुँदैछ ।

भोलि २९ अक्टोबरका दिनमा सो कम्पनीको आइपीओ खुल्नेछ । यस्तै सेसेक्सले समेत आफनो नयाँ रेकर्ड बनाएको छ । पहिलो पटक सेसेक्स ६० हजारभन्दा माथि पुगेको छ ।

यसको साथ साथै कूल बजार पूँजीकरण समेत २६२ लाख करोड बराबर पुगेको छ । यस्तै, सेयर बजारमा लगानी गर्नेको संख्यामा समेत रेकर्ड कायम भएको छ । १७० करोड भार जुटाउनका लागि खोलिएको आइपिओमा ३०४ गुणा बढीको आवेदन परेको थियो ।

सन् २००९ मा २१ कम्पनीले बजारमा सेयर बिक्री गरेका थिए । त्यसबाट मात्रै १९ हजार ३०७ करोड भारु रकम जम्मा भएको थियो ।

सन् २००८ मा ३६ कम्पनीले आइपीओ बिक्री गरेर १८ हजार ३४० करोड र सन् २००७ मा १०४ कम्पनीले ३३ हजार ९४६ करोड भारु जुटाएको 1थियो । यस्तै, आइपीओ बिक्री गर्नेमा महाराष्ट्र, गुजरात र दिल्लीका कम्पनी शीर्ष स्थानमा छन् । त्यसमा साना तथा मझौला उद्योगले समेत आइपिओ बिक्री गरेका छन् ।


क्लिकमान्डु