चुडामणी शर्मासँग ५० लाख धरौटी माग



काठमाडौं । विशेष अदालतले चुडामणी शर्मासँग ५० लाख धरौटी माग गरेको छ । सोमबार अदालतमा उपस्थित भएका शर्मालाई अदालतले ५० लाख धरौटी माग गरेको हो ।

कर फछ्यौंट आयोगले व्यवसायीलाई जथाभावी कर छुट दिएर राज्यकोषको १ अर्ब ३३ लाख रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोर ९ गते शर्मासहित लुम्बध्वज महत र सदस्य उमेश प्रकाश ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

अदालतले महत र ढकाल दुबैलाई आइतबार ५०/५० लाख धरौटी माग गरेको थियो ।

सोमबार भएको थुनछेक बहसपछि शर्मासँग पनि धरौटी माग गरिएको हो ।


क्लिकमान्डु