राष्ट्रियसभाबाट दुई विधेयक पारित



काठमाडौं । राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि दफाबार छलफल अगाडि बढाउँदा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पठाइएका यी दुई विधेयकलाई राष्ट्रियसभाले पुनः पारित गरी प्रतिनिधिसभामै पठाएको हो


क्लिकमान्डु