१९७८ मा सेयरमा ३५ सय भारु लगानी, पाउने भए १ हजार ४४८ करोड, तर यसरी भयो बदमासी



एजेन्सी । ४३ वर्ष पहिले सेयर खरिद गरेर भूलेका एक लगानीकर्तालाई यतिखेर आएर मालामाल बनाइदिएको छ । भाग्यमा भएपछि कोही कसैले पनि रोक्न सक्दैन भन्ने स्पष्ट भएको छ ।

यसलाई नै भनिन्छ– उपरवालाले दिएपछि केही कसैले पनि रोक्न सक्दैन । भारतको केरलाको कोच्चीमा बस्दै आएका बाबु जर्ज बालावीले ४३ वर्ष पहिले ३ हजार ५०० भारु बराबरको सेयर खरिद गरे ।

तर उनले आफूले सेयर खरिद गरेको कुरा भुले । जसको मूल्य हाल १ हजार ४४८ करोड भारु बराबरको भएको छ ।

तर, कम्पनीले उनलाई पैसा दिन आनाकानी गर्यो । ७४ वर्षीय बाबु र उनको परिवारका सदस्य भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी)मा पुगे र आफनो समस्या सुनाए ।

उनीहरुले दावी गरे कि कम्पनीले सेयरको असली लगानीकर्तालाई रकम दिन आनकानी गरेको छ । बाबुलाई लागेको थियो कि उनलाई सेबीले न्याय जरुर दिन्छ नै ।

बाबु जर्ज बालावीका दावी छ कि सन् १९७८ मा मेवाल आयल एण्ड जनरल मिल्स लिमिटेड सूचीकृत नभएको कम्पनी थियो । बाबु २.८ प्रतिशत बराबरको सेयर होल्डर बनेका थिए ।

कम्पनीको संस्थापक अध्यक्ष पीपी सिंघल र बाबु एक अर्कामा परिचित साथी थिए । कम्पनी सूचीकृत नभएकाले कुनै पनि लाभांश दिएको थिए । सोही कारण सो परिवारले आफनो लगानीको बारेमा भूल्न पुगे । २०१५ मा उनलाई आफूले गरेको लगानीको बारेमा याद हुन पुग्यो ।

खोजबिन गर्दैृ जाँदा पीआई इन्डस्ट्रिजले गैरकानूनी तरिकाले नक्कली सेयरधनी खडा गरेर अरु कोही कसैलाई बिक्री गरिदिएको थियो । सन् २०१६ मा पीआई इन्डस्ट्रिजले बाबुलाई मध्यस्ताका लागि दिल्ली बोालायो । तर, बाबुले उक्त आग्रहलाई अस्वीकार गरिदिए ।

त्यसपछि कम्पनीले बाबुको कागजातको परीक्षण गर्नका लागि दुई उच्च अधिकारी केरला पठायो । कम्पनीले पठाएका अधिकारीले बाबुको साथमा रहेको कागजात अस्सली रहेको ठहर गर्यो । तर उनको दावी माथि कुनै कारवाही नभएपछि उनले सेबी समक्ष निवेदन दिएका छन् ।

विवरण अनुसार सेबीले बाबुलाई न्याय दिने भएको छ । उनले एकाएक १ हजार ४४८ करोड भारु बराबरको सम्पत्ति प्राप्त गर्ने भएका छन् ।


क्लिकमान्डु