८ पास गरेर भारत गएका डोलराजको सफलताको कथा, साइकल सुपवालेदेखि १७ आउटलेटका मालिक



भोपालमा अध्ययन सकिन बाँकी रहेका २ वर्षमा प्रसिद्ध फास्ट फूड कर्नर ‘सागर गैरे’मा खाएको स्यान्डवीचको स्वाद अझै पनि मेरो जिब्रोमा ताजै छ । स्वाद जत्तिकै राम्रो छ फास्ट फूड रेष्टुराँको सफलताको कथा पनि ।

जसरी एक व्यक्तिले शुन्यबाट शुरुवात गरेर आज उनको मिहेनत र स्वादमा पूरा सहर मग्न भएको छ ।

भन्छन् नि कुनै एक व्यक्तिले आफ्नो खुबी पहिचान गर्न सक्यो र साँचो मनले मिहेनत गर्यो भने उसलाई सफलता हासिल गर्न कसैले रोक्न सक्दैन । यस्तै कथा डोलराज गैरेको पनि छ ।

नेपाली नागरिक गैरेले सन् २००३ मा भोपालमा सुप बेच्न शुरु गरेसँगै फूड इन्डिस्ट्रीमा होमिएका थिए । त्यो समयमा न उनीसँग कुनै पसल थियो न पुँजी नै ।

नेपालबाट भारतका विभिन्न राज्यमा काम गर्दै भोपाल पुगेका गैरेको कथा साच्चिकै प्रेरणादायी छ ।

‘खाना बनाउनु मेरो शौख हो, अफिसको काम सकेपछि प्राप्त हुने खाली समय सदुपयोग गर्दै म आफ्नै घरमा सुप बनाउँथे, बियरानी र स्यान्डवीच बनाएर साइकलमा बिक्री गर्दै हिँड्थे । मैले त्यसो गरिरहँदा आफन्तहरु मजाक उडाउँथे । तर भोपालका मानिसहरुलाई मेरो हातको स्वाद मन पर्यो फलस्वरुप म यहाँसम्म पुग्न सके,’ उनले भने ।

जागिर गर्दै शुरु गरे व्यवसाय
नेपाली नागरिक डोलराजको जन्म किसान परिवारमा भयो । उनका कैयन आफन्तहरु भारतमा काम गर्दथे । सन् १९८० मा उनी घुम्नका लागि भारत पुगेका थिए । त्यहाँ उनले काम खोज्न थाले । कक्षा ८ सम्मको अध्ययन पूरा गरेका उनले शुरुमा दिल्लीमा काम गरे । त्यसपछि मध्यप्रदेश टुरिजममा सरकारी जागिर पनि गरे । परिवारका सदस्यलाई उनी अब जागिरमा सेट भए भन्ने लाग्यो । तर डोलराज भने थप अरु केही काम गर्न चाहन्थे । त्यसैले आफन्तहरुको कुनै मतलब नराखी उनले आफ्नो कामको शुरुवात गरे । त्यो समयमा उनी जागिरबाट दिउँसो ३ बजे विदा पाउँथे । उनले खाली समय उपयोग गर्नेतर्फ सोच बनाए ।

सन् २००३ मा साइकलमा एक टंकी बाँधेर उनले सुप बिक्री गर्न शुरु गरे । डोलराजले बनाएको सुपको स्वाद मानिसहरुलाई मन पर्न थाल्यो । उनी ‘साइकल सुपवाले’का नामबाट सहरमा प्रसिद्ध भए । तर यो नाम कमाउनलाई उनालाई कडा मिहेनत गर्नुपर्यो ।

त्यसको एक वर्षपछि उनले जागिर छाडे र एउटा सानो पसल भाडामा लिएर आफ्नै व्यवसाय गर्न थाले । त्यही ठाउँमा आफ्नो पसल खोल्न उनलाई ५ वर्ष लाग्यो । पहिलो पसल उनले भोपालको १० नम्बर मार्केटमा कर्जा लिएर खरिद गरे । १६० स्क्वायर फिटको पसल नै उनको सफलताको शुरुवात भयो । आजका दिनमा यो सानो पसलमा १६ जनाले काम गर्छन् ।

एउटै स्वादको रहस्य
भोपालको यो फास्ट फूड रेष्टुराँको मेन्यूमा त तपाईंलाई हरेक प्रकारका खाना पाउन सक्नुहुन्छ । तर यहाँको स्वान्डवीच र सुप ग्राहकका सबैभन्दा मनपर्ने खाना हुन् ।

‘हामी प्रत्येक खानामा आफ्नै छुट्टै मसला प्रयोग गर्छौ, चाहे त्यो स्वान्डवीच होस् वा मायोजिन होस वा छोलेमा होस्, मसला भिन्दै हुन्छ,’ उनले भने ।

यसका साथै उनले सरसफाइ र हाइजिनमा पनि उत्तिकै ध्यान दिन्छन् । २ वर्ष पहिले उनले ‘सागर गैरे’लाई कम्पनीका रुपमा दर्ता समेत गरे ।

त्यसपछि यसका कैयन फ्रेन्चाइजी रेष्टुराँ पनि खुल्न थाले । आज कम्पनीका भूपालमा १७ वटा आउटलेट छन् । जहाँ डोलराज समय समयमा निरिक्षण गर्न गइरहन्छन् । सबै आउटलेटका लागि मसलालगायतका सामग्रीहरु एकै ठाउँबाट पठाइन्छ । भूपालका साथै छिट्टै छतरपुर, सागर तथा इन्दौरमा पनि उनका एक–एक आउटलेट खुल्दैछन् ।

विदेशी बर्गरलाई टक्कर दिने तयारी
उनले मध्यप्रदेशका साथै लखनउ र मुम्बईमा पनि सागर गैरे कम्पनीको फ्रेन्चाइज खोल्नेमा बिचार गरिरहेका छन् । तर अहिले डोलराजका छोरा सागरले बुबासँग मिलेर यो ब्राण्डलाई देशका अन्य सहरमा पनि फैलाउने गरी काम गरिरहेका छन् ।

‘विदेशी ब्राण्डका बर्गरका आउटलेट देशका प्रत्येक सहरमा हुन सक्छन् भने हामीले किन गर्न नसक्ने,’ डोलराज भन्छनु, ‘यद्यपि धेरै नाफा कमाउनु हाम्रो कहिल्यै पनि उद्देश्य थिएन र छैन । हामी हाम्रो स्वाद मानिसहरु समक्ष पुर्याउन खोजिरहेका छौं ।’

उनले आफ्ना पुराना दिन सम्झँदै भने, ‘म ती दिनहरु खुब याद गर्छु, जब म आफ्नै हातले स्यान्डवीच बनाएर बिक्री गर्दथे, त्यो समय मेराका लागि सबैभन्दा आनन्द दिने समय थिए ।

डोलराज गैरेको मिहेनत तथा उनको आफैप्रतिको विश्वास नै सही ढंगले सफलताको कारण मान्न सकिन्छ । यद्यपि उनले कहिल्यै नसोचेको हुन सक्छ कि उनले बनाएको परिकारका स्वादको प्रशंसा पूरा सहरमा फैलिनेछ ।

अनुवादः द बेटर इन्डिया


क्लिकमान्डु