यात्रुले ढोका खोलिदिनुस् हाम फाल्छौं भने, पाइलट र एयरहोस्टेसको संयमताले बाँच्यौंः यात्रु (भिडियो)



काठमाडौं । काठमाडौंबाट बिराटनगरका लागि सोमबार विहान उडान गरेको बुध्द एयरको विमान प्राविधिक समस्याका कारण पुनः काठमाडौंमै आएर ल्याण्ड सकुशल ल्याण्ड गर्यो । विमानमा चालकदलका सदस्यसहित ७७ जना सवार थिए ।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बिराटनगरमा अवतरण नगरी विमान काठमाडौं विमानस्थलमै फर्किएको थियो । भाग्यवश पाइलटको संयमताले सशुकल अवतरण भएको छ ।

यसैबीच विमानमा सवार एकजना यात्रुको भिडियो सार्वजनिक भएको छ । धर्मराज ढकालले फेसबुकमा पोस्ट गरेको उक्त भिडियोमा अर्का यात्रुले क्याप्टेन र एयर होस्टेसको संयमताले आफूहरु सकुशल अवतरण गरेको बताएका छन् ।

उनको भनाइ जस्ताको तस्तैः
नमस्कार म प्रताप लिम्बु । आज हामी बुध्द एयरको काठमाडौं–बिराटनगर उडानका लागि ८ः१५ बजे उडान गरेका थियौं । तर बिराटनगरमा ल्याण्ड भएन । हामीले किन ल्याण्डिङ भएन भनेर सोध्यौं । उहाँहरुले केही समस्या छ भन्नु भयो । त्यहाँ पनि क्याप्टेन साहबले ६/७ पटक प्रयास गर्नु भयो । तर अवतरण गर्न सक्नु भएन । त्यसपछि हामी काठमाडौं फर्किएर आयौं । काठमाडौं आकाशमा पनि ८/१० पटक आशाकमा घुमाएपछि बल्ल मेरो मनमा चिसो पस्यो । विमानस्थलमा सुरक्षाकर्मीहरु तैनाथ हुनुहुन्थ्यो । त्यो देखेपछि मलाई अब जीवन यत्तिकै रहेछ भन्ने लाग्यो । क्याप्टेनहरुले ल्याण्डिङ गर्छौ भन्नुहुन्छ तर ल्याण्डिङ नै नहुने अवस्था भएन । ल्याण्ड नभएपछि विमानमा यात्रुहरुको होहल्ला भयो । यात्रुहरुले ढोका खोलिदिनुहोस् हामी हामफाल्छौं भन्नु भयो । तर एयर होस्टेसले राम्रोसँग जिम्मेवारी निर्वाह गर्नु भयो । उहाँहरुले केही हुँदैन । सक्दो बचाउने प्रयास गर्छौ भन्नु भयो । उहाँहरुले अहिले फ्युल सकाउँदै छौं । त्यो भयो भने आगो लाग्दैन भन्नु भयो । र, अन्तिममा एकजना पाइलटले ल्यान्डिङको अन्तिम प्रयास गर्छौ भन्नु भयो । जुन सफल भयो । केही यात्रुहरु बेहोस पनि हुनु भयो । एयर होस्टेसको आँखामा पनि आँशु देखियो । मैले घरमा अब यत्तिनै रहेछ भन्ने सन्देश पनि मोबाइलमा लेखिसकेको थिए । तर भाग्यवश बाँचियो ।
अर्का यात्रुले तीन पटक ल्यान्डिङ गर्न खोज्दा सफल नभएपछि अब बाँचिएन भन्ने लागेको पनि भिडियोमा बताएका छन् ।


क्लिकमान्डु