दशैंका लागि अग्रिम बुकिङ खुला (फोटोफिचर)



काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ सोमबारदेखि खुलेको छ । काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने यात्रुका लागि लक्षित गरी सरकारले प्रत्येक वर्ष दशैंका लागि अग्रिम बुकिङ खुला गर्र्दै आएको छ ।

असोज ११ गतेदेखि टिकट बुकिङ खुला गरेपनि पहिलो दिन बसपार्कमा पहिलेको जस्तो भिड देखिएको छैन । पश्चिम जाने यात्रुका लागि दाउन्नेमा सडक मर्मत भइरहेकाले धेरै यात्रुले हवाई यात्रा गर्न चाहेको देखिएको छ । साथै अनलाइनबाट टिकट बुकिङ गर्न सहज भएसँगै बसपार्कमा भिड कम देखिएको हुन सक्ने बताइएको छ ।

अहिले बसपार्कमा विगतका वर्षमा जस्तो भिड नदेखिए पनि दशैंका लागि हवाई टिकट भने ७० प्रतिशत सकिएको छ । यतिबेला हवाई कम्पनीहरुले उडान थप गर्नेबारे योजना बनाइरहेका छन् ।


क्लिकमान्डु