सम्भावित दुर्घटनाबाट जोगियो बुध्द एयर, विमानस्थलमा सुरक्षित अवतरण



काठमाडौं । काठमाडौंबाट बिराटनगरका लागि उडान भएको बुध्द एयरको एटीआर विमानको काठमाडौं विमानस्थलमै सफल अवतरण भएको छ ।

बिराटनगरका लागि विहान उडान भएको विमान १०ः२८ मिनेटमा फेरि काठमाडौं विमानस्थलमै सफल अवतरण भएको हो । बिराटनगरका लागि उडान भएको विमानको ल्यान्डिङ गेयर नखुलेपछि काठमाडौं विमानस्थलमा फर्काइएको थियो ।

विमानस्थलमा बुध्द एयरको विमान अवतरण हुनुअघि दमकल र एम्बुलेनस तैनाथ गरिएको थियो ।

त्यसैगरी बुध्द एयरको सोमबार विहान काठमाडौंबाट पोखरा गएको विमानमा पनि सोही समस्या देखिएको थियो । काठमाडौंबाट उडान भएको विमानमा इन्डिकेटरमा समस्या देखिएपछि पुनः काठमाडौंमै अवतरण गरिएको थियो ।


क्लिकमान्डु