हाइड्रोको हकप्रदमा नियमन आयोग उदार, आयोजना निर्माण पुरा नभएका कम्पनीले हकप्रद जारी गर्न पाउने



काठमाडौं । निर्माण पुरा नभएका जलविद्युत् कम्पनीलाई हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगले बाटो खुल्ला गरेको छ । विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको हकप्रद सेयर जारी गर्न उदार हुने नीतिगत व्यवस्था सार्वजनिक गरेको हो ।

हाइड्रो पावर कम्पनीले ५१ प्रतिशतभन्दा बढी लगानी रहेको सहायक कम्पनी खोलेमा २ सय प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिने भनेको छ ।

५० प्रतिशतभन्दा कम स्वामित्व भएको अन्य कम्पनीमा लगानी भएमा एक सय प्रतिशतसम्म हकप्रद निष्कासन खुल्ला गर्ने बाटो नियमन आयोगले गरेको तछ ।

विद्युत नियमन आयोगले ’विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ स्वीकृत गर्दै हकप्रद सेयरमा उदार नीति लिएको हो ।

नियमन आयोगले जलविद्युत् आयोजनाको निर्माणको काम नसएिको र विद्युत् उत्पादन नभएका कम्पनीलाई समेत हकप्रद ल्याउने बाटो खोलेको छ । यसरी हकप्रद ल्याउने कम्पनीको भौतिक प्रगति ८० प्रतिशत पुरा भएको हुनुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु