सुन काण्डपछि विमानस्थलको सुरक्षा जाँचमा कडाइ, जुत्ता, घडी, पर्स र पेटी समेत खोल्नुपर्ने



काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक उडानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

केही दिनअघि विमानस्थलबाट अवैध सुन समातिएपछि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले सुरक्षामा पछिल्लो २ सातायतामा विशेष ध्यान दिइएको बताए ।

आन्तरिक विमानस्थलमा बोर्डिङ पास लिएपछि वेटिङ रुम छिर्ने गेट अगाडि अहिले यात्रुले जुत्ता, घडी, पर्स, पेटी समेत खोल्नुपर्ने भएको छ ।

‘सुरक्षा व्यवस्था जहिले पनि चुस्त नै रहनुपर्छ भन्ने हाम्रो मान्यता हो, सोही अनुसार पछिल्लो समयमा अवैध गतिविधि बढेको आशंकामा जेकजाँच कडा पारिएको हो,’ क्षेत्रीले भने ।

सुरक्षा जाँच कडा पारिएसँगै यात्रु लामबद्ध भइ केही समय थप खर्चनुपर्ने भएको छ । अब यात्रुको सामान र आफ्नो मेटल डिटेक्टर र एक्सरे जाँचमामा कडाइ गरिएको हो ।

गत भदौमा झापाका २६ वर्षे अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षे बुद्धिमान खातीले लगाएको जुत्ताबाट ४ केजी २१ ग्राम सुन बरामद भएको थियो । साथै बुद्धिमानको झोलाबाट समेत सुन बरामद गरिएको थियो ।


क्लिकमान्डु