महासंघको पहलमा बीमा सम्बन्धी समस्याको समाधान



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आयोजना नवीकरण गर्दा आफूखसी बीमा शुल्कमा अत्यधिक बढाएपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोनालगायतका कारणले काम हुन नसकेको आयोजनाको म्याद सरकारले आगामी चैत्र मसान्तसम्मका थपेको थियो । तर बीमा कम्पनीहरूले बीमा नवीकरण गर्दा तोकिएभन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरी आफूखुशी पहिले जारी भएको बीमा शुल्कमा अत्यधिक रूपले बीमा शुल्क लिन बाध्य बनाइएकोमा महासंघले सरोकारवालासँग छलफल गरेको छ ।

महासंघका पदाधिकारी, बीमा समितिका पदाधिकारी र नेपाल बीमक संघका पदाधिकारीबीच भएको छलफलमा निर्माण सम्पन्न नभएका र नेपाल सरकारबाट म्याद थप भएका आयोजनाको हकमा थप भएको समयावधिका लागि नेपाल बीमक संघ र महासंघबीच आपसमा समन्वय गरी एक्सेस भ्यालुकै सेवा सर्त तोकी उपयुक्त दररेटमा बीमा गर्ने गराउने सहमति भएको भएको हुँदा सोही बमोजिम गर्नु गराउन महासंघले अनुरोध गरेको छ ।

यसैबीच कुनै पनि निर्माण कार्यको त्रुटी सच्याउने अवधिको बिमा, म्याद थप गर्दा गरिने बीमालगायतका समस्या सम्बन्धमा नेपाल सरकारका सरोकारवाला निकायहरूसँग बिमा समितिले निकट भविष्यमा अन्तरक्रिया गरी समस्या समाधान गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु