कपाल काट्दा बिगारेको भन्दै ३६ अर्ब बराबरको क्षतिपूर्ति दिन आदेश !



एजेन्सी । तपाईंले कपाल काटन जाँदा हजामले भने अनुसार ककटाउनुहुन्छ कि आफूले भने अनुसार । त्यो तपाईकै रुचीको विषय भयो । तर, हजामले तपाईले भने अनुसार कपाल काटिदिएन र बिगारिदियो भने के गर्नुहुन्छ ?

एक छिन रिसाउन सक्नुहुन्छ वा पुनः मिलाएर काटिदिन आग्रह गर्नुहुन्छ ? यो पनि तपाईकै सोचको कुरा भयो । तैपनि कपाल काट्दा बिग्रियो भने तपाईले हजामलाई दण्डित त गर्नुभएको छैन नि ।

यस्तो सामान्य विषयमा पनि के दण्डित गर्ने वा के जरिवाना लगाउने भन्ने हुन्छ होला होइन ? तर, कपाल काट्दा बिगारिदिएको अभियोगमा एक जनलाई झण्डै २ हजार करोड भारु बराबरको जरिवाना गरिएको छ । त्यो भनेको भारतीय रुपैयाँमा २० अर्ब हो । नेपालीमा रुपान्तरण गर्दा ३६ अर्ब बराबर हो ।

गलत तरिकाले कपाल काटेको भन्दै भारतको उपभोक्ता अदालतले उक्त जरिवाना गरेको छ । लामो कपाल काटने महिला मोडलको जागिर समेत समेत गएको छ । दोषी रहेको एक होटलले ८ हप्तामा ती पीडितलाई पैसा दिनुपर्ने भएको छ ।

कपाललाई हल्का तरिकाले लिँदाको परिणाम आफैमा भारी भएको छ । होटल माथि कपालको उपचारमा लापरवाही गरेको समेत आरोप लागेको छ । कपालका कारण कयौं ठूला असाइनमेन्टबाट समेत हात झिक्नु परेको भन्दै पीडितले आपत्ति जनाएका थिए ।

भारतको उपभोक्ता अदालतले लक्जरी चेन होटल चेन आटिसिको आदेश दिएको छ । एक महिलालाई २ हजार करोड भारु बराबरको क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । अदालतका अनुसार मौर्य होटलमा आयना राय नामक एक महिलाको लामो कपाल काटिएको थियो ।

यस्तै, गलत तरिकाले हेयर ट्रिटमेन्ट गरिएको थियो । सोही कारण ती महिलाको ठूलो नोक्सानी भएको थियो । सोही कारण उनको लाइफस्टायलमा समेत परिवर्तन भएको थियो । उनको टप मोडल मन्ने सपनामा समेत अल्पविराम लागेको थियो ।

यो मामिला सन् २०१८ को थियो । त्यसमाथि अदालतले यही २१ सेप्टेम्बरमा फैसला गरेको हो ।

अदालतका अनुसार आशना रायको लामो कपाल भएकै कारण कपालसम्बन्धी सौन्दर्य साधनको प्रचारात्मक काममा थिइन् । त्यसको मोडल उनै थिइन् । उनले कयौं ठूला ठूला ब्राण्डको मोडलिङ समेत गरेकी थिइन् ।

तर, होटलमा रहेको कपाल काट्ने वा मिलाउने सैलुनले सो कुराको ख्याल नगरीकन लामो कपाल काटिदियो । सोही कारण उनले गर्दै आएको कामबाट हात धुनु पर्यो । त्यसबाट उनलाई असाध्यै ठूलो नोक्सानी भयो । उनलाई मानसिक रुपमा ठूलो आघात समेत भयो । रोजागारी समेत गुम्यो ।

उक्त होटलमाथि केवल महिलाको कपाल काट्दा बिगारेको आरोप मात्रै नभई ट्रिटमेन्टमा समेत लापरवाही गरेको आरोप लागेको छ । अदालतले ८ सातामा क्षतिपूर्ति दिन आदेश गरेकाले अब मौर्यले जसरी भएपनि क्षतिपूर्ति दिनुपर्नेछ ।


क्लिकमान्डु