यी हुन् भदौ महिनामा अत्याधिक घरजग्गा किनबेच गरेको १० मालपोत कार्यालय



काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ७० हजार बढी घरजग्गा किनबेच भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार देशभरको मालपोत कार्यालयबाट ७० हजार ३ सय २६ घरजग्गा किनबेच भएको हो ।

देशभरका १२६ वटा मालपोत कार्यालयले २ लाख ३ हजार ९ सय जनालाई सेवा प्रवाह गरेको थियो । उक्त सेवा प्रवाह गरेकोमा ७० हजार किनबेच भएकोमा साढे ६६ हजार रोक्का र करिब ३७ हजार फुकुवा भएको छ ।

देशभरका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी मालपोत कार्यालय बेलवारी मोरङले गरेको छ । उक्त मालपोत कार्यालयबाट भदौ महिनामा ८ हजार ३८६ जनालाई सेवा प्रवाह गर्दा ३ हजार ७७२ घरजग्गा लिखत पारित भएको छ । साथै, सो कार्यालयबाट २४ सय ५१ रोक्का र १७ सय ५२ फुकुवा भएको छ ।

दोस्रोमा इनरुवा सुनसरीबाट ७ हजार १६९ जनालई सेवा प्रवाह हुँदा २९ सय ६५ घरजग्गा किनबेच भएको छ ।

त्यसैगरी, अन्य मालपोत कार्यालयमा भद्रपुर झापाबाट २८ सय, जनकपुरधाम धनुषाबाट २७ सय ६६, नेपालगञ्ज बाँकेबाट २३ सय ३९, भक्तपुरबाट २३ सय ९, लगनखेलबाट २२ सय ९२, विराटनगर मोरङबाट १९ सय ३०, दमक झापाबाट १८ सय ११ र कलंकीबाट १७ सय ४९ घरजग्गा लिखत पारित भएको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु