प्राधिकरणलाई उपत्यका नगर प्रमुख र उपप्रमुखले दिए आधा दर्जन सुझाव



काठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूसँग गरेको छलफलमा उपत्यका नगर प्रमुख र उपप्रमुखहरूबाट आधा दर्जन काम गर्नुपर्ने जनाएको छ ।

प्रधिकरणले बिहीबार आयोजना गरेको छलफल कार्याक्रममा स्थानीय जनप्रतिनिधिहरूको धारणामा प्राधिकरणको भूमिका कस्तो हुनुपर्छ भन्दै विभिन्न कार्यमा तीव्रता दिन सुझाव दिएका छन् ।

यसै क्रममा उपत्यका विकास प्रधिकरण र स्थानिय निकायबीच सहकार्य आवश्यक रहेको र ठूला ठूला लगानी गर्नुपर्ने कामहरू, सम्पूर्ण नदिहरूको कोरिडोर निर्माणका कामहरु एकिकृत रुपमा अबका दिनमा प्राधिकरणले गर्नु पर्ने धारणा टोखा नगरपालिकाका प्रमुख प्रकाश अर्यालले व्यक्त गरे ।

प्रधिकरणले योजना अनुमति दिने गरेको तर बिना अनुमति डाडाकाँडामा अहिले डोजर चलाउने गरेको देखिएकोले अनुमतिविना गरिने त्यस्ता कार्यलाई रोक्नका लागि पनि प्राधिकरणले ध्यान दिनुपर्ने बताए ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले प्रधिकरण साना साना कामभन्दा ठूला कामहरुमा फोकस हुनुपर्ने र उपत्यकाको नदि कोरिडोसँगै खोलाको बहाव क्षेत्रको मापदण्ड तयार गरेर लागु गर्नुपर्ने, खोलाको सूचिकरण गर्ने, नदि सभ्यतालाई कायम गर्दे दिगो रुपमा संरक्षण कायम गर्ने, सार्वजनिक जग्गा संरक्षण जस्ता कार्यलाई प्राथमिकता दिदै नगरपालिकाहरुलाई प्रविधिक सहयोग गनेर्, समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने र अझ अधिकार सम्पन्न र सशक्त भएर प्राधिकरण अगाडि बढ्नु पर्ने बतए ।

त्यस्तै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले काठमाण्डौ उपत्यकाको मास्टर प्लान काठमाण्डौ उपत्यका विकास प्रधिकरणले बनाउनुपर्ने, प्रधिकरणले नगरपालिकासँग समन्वय गरेर विकासनिर्माणका कामहरु गर्नुपर्ने र अनाधिकृत रुपमा भएको जग्गाको खण्डिकरण नियन्त्रण गर्नुपर्ने बताए ।

उपत्यकाभित्र बस्ती विकासका लागि योग्य ठाउँ पहिचान गरेर व्यवस्थित वस्ति विकासमा पनि उपत्यका विकास प्रधिकरणले काम गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै विगत दश पन्ध्र वर्षदेखि शुरु भएका ल्याण्डपुलिङ् आयोजनाहरु समयमा सम्पन्न हुन सकेका छैनन् यसलाई निश्चित समय तोकेर सम्पन्न गनेगरी काम गर्नुपर्ने नत्र स्थानीय जनताहरुले सधै दुःख पाइरहेने संभावना रहेको जिकिर गरे ।

चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बाहिरी चक्रपथ काठमाण्डौको सवारी चापलाई नियन्त्रण गर्ने एउटा मात्रै विकल्प भएकोले छिटोभन्दा छिटो काम शुरु गरिहाल्नुपर्ने विगतमा जस्तो कुरामात्रै होइन चक्रपथलाई बिशेष प्राथमिकतामा राखेर अगाडि बढाइहाल्नुपर्ने बताए ।

वर्षौदेखि जग्गा रोकेर काम पनि नगरेको र फुकुवा पनि नगरेकोले अब यसलाई प्रक्रिया अगाडि बढाइहाल्न सुझाव दिए ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले कागेश्वरी मनोहरा क्षेत्रमा स्मार्ट सिटिको लागि भनेर जग्गा रोकेर राखेको भएपनि अहिलेसम्म बन्न नसक्नाले जनताको विश्वास कम हुँदै गएको छ ।

त्यसैले स्मार्ट सिटिको कामलाई छिटो शुरु गर्नुपर्ने र जति ढिला हँदै गयो त्यति नै काम गर्न समस्या उत्पन्न हुने बताए । जुन क्षेत्रमा नयाँ नगर बन्न सक्दैन त्यस्तो क्षेत्रलाई रोकेर राख्नको औचित्य नहुने बताए ।

त्यस्तै तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले उपत्यका विकास प्राधिकरणले साना साना काम नगरेर ठूलो बजेट पर्ने कामहरु गर्नुपर्ने र स्थानीय निकायसँग समन्वय गरेर काम गर्दा प्राधिकरणको काम प्रभावकारी हुने बताए । त्यस्तै कागेश्वरी मनोहराकी उपप्रमुख बिन्दु पुडासैनी लगायतले आ–आफ्नो धारण राखेका थिए ।


क्लिकमान्डु