नेपाली सेनाले ७७ जना अधिकृतका लागि विज्ञापन खुलायो



काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा अधिकृत स्तरका ७७ जनाका लागि विज्ञापन आह्वान गरेको छ । नेपाली सेनाले विभिन्न ट्रेड प्राविधिक अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

जसमा प्राविधिक उपसेनानीदेखि लेखा उपसेनानीसम्मका लागि विज्ञापन आह्वान गरेको हो । उक्त आवेदनमा १८ वर्ष उमेर पूरा भइ ३० वर्ष ननाघेका इच्छुकले आवेदन दिन पायउने छन् । इच्छुकले असोज ६ गतेदेखि कात्तिक ११ गतेसम्म र दोब्बर दस्तुरका लागि त्यसपछि ७ दिनको समय पाउनेछन् ।


क्लिकमान्डु