आईएमईको ‘डबलको डबलको डबल दशैं अफर’ १ लाख पठाउँदा ८ लाख जित्ने अवसर (भिडियो)



काठमाडौं । आईएमईले ‘डबलको डबलको डबल’ दशैं अफर सार्वजनिक गरेको छ । हरेक वर्ष आफ्ना सेवाग्राहीलाई दशैंतिहारको चाडपर्वमा विभिन्न अफर सार्वजनिक गर्दै आएको आईएमईले यो वर्ष पनि आईएमई ‘डबलको डबलको डबल’ सार्वजनिक गरेको हो ।

कम्पनीले हरेक वर्ष चाडपर्वमा अफर सार्वजनिक गरी सेवाग्राहीहरूसँग नजिक र जोड्न सकिने उद्देश्यका साथ ल्याएको कम्पनीका सिईओ सुमन पोखरेल बताउँछन् ।

शुरुवाती देखिनै हरेक वर्षमा नयाँ अफर सार्वजनिक गर्दै आएको आईएमईले गत वर्ष कोभिडको समय भएकाले विदेशमा मृत्यु भएका करिब १ सय ८ जना परिवारलाई ४ हजारको दरले कर कटाएर भरोसा कोषको सुविधा ल्याएको थियो । यो वर्ष कोभिडको संक्रमण कम हुँदै गएकाले डबलको डबलको डबल पार्ट टु रहेको पाखरेलले जानकारी दिए ।

‘कोभिडभन्दा अगाडि कम्पनीले डबलको डबलको डबल’ कार्यक्रम गरेको थियो । त्यस अवधिका धेरै ग्राहकबाट राम्रो प्रतिक्रियाका साथै धेरै सेवाग्राहीले अवार्ड पाएको थियो । पछि कोभिडको लहर पुनः शुरु भयो । त्यसैले पुनः उक्त अफरलाई किन निरन्तरता नदिने भन्ने हिसाबले पुनः सोही अफर ल्याएको हो,’ उनले भने ।

के हो ‘डबलको डबलको डबल दशैं अफर’ ?
विदेशमा रहेका जति पनि नेपालीहरूले आईएमईमार्फत् पैसा पठाउँछन् । उक्त पठाउनेमध्ये हप्तामा दुई जनालाई पठाएको रकम बराबर डबल दिनेछन् । त्यस्तै कम्पनीले मासिक दुई जनालाई पठाएको रकमको डबलको डबल रकम उपलब्ध गराउनेछन् ।

‘यदि कुनै व्यक्तिले दुई लाख पठाएको छ भने सो स्किममार्फत् ४ लाख पाउनेछन्,’ उनले भने ।

कम्पनीले सो व्यवस्थासँगै बम्परमा भने डबलको डबलको डबल अफर रहेको छ । उक्त अफरमा कुनै पन व्यक्तिले २ लाख पठाएको अवस्थामा २ को डकल ४ लाख, ४ लाखको डबल ८ लाख र ८ लाखको डबल १६ लाख कम्पर अफरमा पुरस्कार वितरण गर्नेछ ।

कम्पनीले आईएमई पेमार्फत् पठाउनेवित्तिकै २०० सय रुपैयाँ बोनससमेत प्रदान गर्ने जनाएको छ । तर, हालको अफर आईएमईको खातामा पठाएको, खाताबाट झिकेको र आईएमई पेको वालेटमालगायत सोही कम्पनीको खातामा समावेश सम्पूर्ण ग्राहक अफरको लागि योग्य हुनेछ ।

कम्पनीले उक्त अफरको लागि सिस्टम विकास गरेका छन् । सो सिस्टमबाट लक्की ड्रमार्फत् सेलेक्ट गरेर पुरस्कार प्रदान गर्नेछ । कम्पनीले डबलको डबलको डबल अफर असोज १ गतेदेखि कात्तिक २६ गतेसम्म मिति तोकेको छ । त्यसमा सेवाग्राहीले जति पटक पठाएपनि पुरस्कारका लागि योग्य हुने उनले बताए ।


क्लिकमान्डु