बुद्धभूमि नेपाल हाइड्रोपावरले आइपीओ जारी गर्दै



काठमाडौं । बुद्ध भूमि हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्य भएको ८ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

८ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको हो भने २ प्रतिशत अर्थात् १६ लाख कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । कम्पनीले बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्नेछ ।

कम्पनीका अुनसार आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओ असोज ११ गते निष्कासन भइ छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गतेसम्म खुला हुनेछ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी १२.५६ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७१.४९ छ ।

कम्पनीका अनुसार प्रतिमेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु