टीभीएस ग्राण्ड दशैं एक्सचेञ्ज मेला आजदेखि भृकुटिमण्डपमा शुरु



काठमाडौं । टीभीएस टु ह्विलर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आजदेखि टीभीएस ग्राण्ड दशैं एक्सचेञ्ज अफर मेला राजधानीमा शुरु गरेको छ ।

मेला असोज ६ गतेसम्म सञ्चालन हुनेछ । मेललामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएमा त्यसको साटो टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गर्न सक्नेछन् ।
साथै उपहारको पनि व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार ग्राहकले पुरानो मोटरसाइकलको बजार मूल्यभन्दा १० हजार रुपैयाँ बढी मूल्यांकन गराउन पाउनेछन् । त्यसैगरी नयाँ सवारी खरिद गरी १ लाख रुपैयाँसम्म र किनिसकेपछि १० लाख रुपैयाँसम्म आकर्षण उपहार जित्न सक्नेछन् ।

यसका लागि ग्राहकले टीभीएस नेपालको वेवसाइटमा जानुपर्ने हुन्छ । त्यसैगरी शुन्य गरी शुन्य प्रतिशत ब्याजदरको विशेष सुविधाका कारण मेलामा किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागि समेत उत्साहजक रहेको कम्पनीको भनाइ छ ।

यस अफरमा प्रि–बुकिङ गर्नेले मात्रै पनि २ हजार रुपैयाँसम्मको उपहारको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु