ओलाले राख्यो नयाँ रेकर्ड, एकैदिन बेच्यो ६ अर्ब बराबरको स्कुटर



काठमाडौं । भारतीय कम्पनी ओलाले भारतीय बजारमा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले एकैदिन ६ अर्बको बिक्री गरेको छ । यो एक दिनमा भारतमा बिक्री भएका अन्य सबै दुई पांग्रे सवारी साधन बिक्रीको कुल रकमभन्दा बढी हो ।

कम्पनीले एसवान र एसवान प्रो ईलेक्ट्रिक स्कुटरका लागि बुकिङ खुल्ला गरेकै दिन ६ अर्ब बराबरको स्कुटर अर्डर भएको कम्पनीले जनाएको छ ।

उक्त स्कुटर सार्वजनिक हुने वित्तिकै ग्राहकले सकारात्मक प्रतिक्रिया पाएको कम्पनीको भनाइ छ ।

कम्पनीका सीइओ भाविस अग्रवालले ट्वीटरमार्फत एकदिनमै ६ अर्बको स्कुटर बिक्री गरेको जानकारी दिए । उनका अनुसार कम्पनीले १५ सेप्टेम्बरमा अनलाइन बुकिङको खुल्ला गरेको थियो । उक्त बुकिङ खुल्ला गरेकै दिन भारतीय रकम ६ अर्बको एसवानर एसवानप्रो इलेक्ट्रिक स्कुटरको बुकिङ भएको हो ।

साथै, कम्पनीअनुसार हरेक ४ सेकेण्डमा एक वटा ओला एसवान इलेक्ट्रिक स्कुटर बिक्री भएको जनाएको छ ।

कम्पनीले दुई दिनका लागि स्कुटरको बुकिङ खुल्ला गरेको थियो । जसमा सेप्टेम्बर १५ र १६ सेप्टेम्बरको १२ बजेसम्म खुल्ला गरेको थियो । त्यसमा सेप्टेम्बर १६ को १२ बजेपछि आफै बुकिङ बन्द हुने जनाएको थियो ।

कम्पनीले हिजोसम्ममा ८६ हजार बढी स्कुटर बिक्रीको लागि बुकिङ भएको जनाएको छ । उक्त बुकिङ भएको स्कुटरले अटोमोबाइल कम्पनीमा बिक्री हुनेको नयाँ रेकर्ड कायम गरेको छ ।

ओला इलेक्ट्रिक एसवान र ओला इलेक्ट्रिक एसवान प्रो स्कुटर भारतीय बजारमा १५ अगष्टमा भारतीय मूल्य एक लाख रुपैयाँ मूल्यका साथ सार्वजनिक गरेको थियो । उक्त कम्पनीले जुलाईमा भारतीय रकम ४ सय ९९ सय रुपैयाँमा रकम फिर्ता आउने गरी प्रि बुकिङको लागि खुल्ला गरेको थियो ।

सो समयमा उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया मिल्नुका साथै एक सयभन्दा बढी सहरबाट अर्डर गरेको कम्पनीको भनाइ छ । ओला स्कुटरको हालसम्म बिक्रीका लागि छुट्टै डिलर अथवा कार्यालय छैन । कम्पनीले एसवान र एसवान प्रो स्कुटर कम्पनीले ‘डाइरेक्ट टु होम मोडल’ अपनाउँदै उपभोक्तालाई सेवा दिइरहेका छन् ।

बुकिङका लागि उपभोक्ताले कम्पनीको वेबसाइटमा गएर लग इन गर्नुपर्ने व्यवस्था मिलाएको छ । उक्त वेबसाइटमा गएर भारतीय रकम ४ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ । जसमा कम्पनीले ‘पहिलो बुकिङ गर, पहिलो पाउ’ भन्ने नारासहित सो आधारमा डेलिभरी गर्नेछ ।

यसअघि नै मूल्य सार्वजनिक गरिसकेको उक्त कम्पनीको इलेक्ट्रिक स्कुटर ओला एसवानको भारतीय मूल्य ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने एसवान प्रोको १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ भारतीय मूल्य तोकेको छ ।

कम्पनीले ईएमआईको पनि व्यवस्था गरेको छ । उपभोक्ताले ईएमआईमार्फत् एसवान स्कुटर भारतीय रकम २ हजार ९९९ रुपैयाँमा र एसवान प्रो भारतीय मूल्य ३ हजार ९९९ रुपैयाँमा लिन सक्नेछन् । त्यसैगरी, कम्पनीले उपभोक्तालाई आर्थिक समस्या नहोस् भनेर एक्सिस बैंक, बैंक अफ बारोडा, यस बैंक, आईडीएफसी फ्र्सट बैंक, एचडीएफसी बैंक, आइसीआईसीआई बैंक, कोटक महिन्द्रा प्राइम र टाटा क्यापिटलसँग सम्झौता गरेको छ ।

साथै यदि उपभोक्ताले कुनै ऋण निकालेर स्कुटर खरिद गर्न नचाहने खण्डमा ओला एसवान स्कुटरलाई २० र एसवान प्रोलाई २५ हजार एड्भान्स दिएर खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । कम्पनीले सो एड्भान्समा लिएको स्कुटरका ग्राहकलले इनभोइस म्यासेज आएपछि मात्रै तिर्नुपर्ने व्यवस्था मिलाएको छ ।

कम्पनीले उक्त अर्डर गरेको स्कुटर आगामी अक्टुबर २१ देखि सम्पूर्ण डेलिभरी शुरू गर्ने तयारी गरेको जनाएको छ । त्यससँगै कम्पनीले यही महिनादेखि आफ्ना ग्राहकलाई स्कुटर खरिद गर्नुभन्दा अघि परीक्षणको लागि स्कुटर दिने भएका छन् ।

त्यसमा यदि कुनै ग्राहकले अर्डर गरिसकेपछि मन नपरेको खण्डमा अर्डर रद्ध गर्न सक्ने कम्पनीले जनाएको छ । साथै बुकिङ गरेको बेला भुक्तानी गरेको ४ सय ९९ रुपैयाँ पनि फिर्ता हुने कम्पनीको भनाइ छ । जसका कम्पनीमा अर्डर भएर सिप भइसकेपछि भने स्कुटर रद्द गर्न नमिल्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु