कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा



काठमाडाैं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित उनीहरुका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।

७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नुहुनेछ । साथै यस खातामार्फत् खोलिने मुद्दती निक्षेपमा ०।५ प्रतिशत थप ब्याज पाइनेछ । यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिने छ ।


क्लिकमान्डु