एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुश मल्ली निर्विरोध



काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् ।

पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि उनीहरु पछि हटेका थिए ।

सहमतिका लागि अध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो ।

संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ निर्विरोध भए ।

उपाध्यक्षमा दिवानचन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशीष जाजोदिया निर्विरोध निर्वाचित भएका छन् ।

संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी चयन भएका छन् ।


क्लिकमान्डु