कतार प्रहरीका लागि आएको मागपत्र रद्ध



काठमाडौं । नेपाली नागरिकलाई कतार प्रहरीको लागि आएको मागपत्र रद्ध गरेको छ । कतारस्थित नेपाली राजदूतावासले बुधबार एक सुचना जारी गर्दै कतार प्रहरी सेवामा कामदार भर्ना गर्न आएको मागपत्र रद्ध गरेको जनाएको हो ।

कतारको आन्तरिक मन्त्रालयले नेपालको म्यानपावर अल ताक्वेत ओभरसिजमार्फत् २०० जना प्रहरी कर्मचारी लिने गरी मागपत्र पेश मागपत्र गरेको गरेको थियो । उक्त मागपत्र नेपाली नागरिकको लागि दिईएको कोटामा अन्यत्रबाटै पदपूर्ति गरिएको जानकारी दिएपछि कतार प्रहरी सेवाको मागपत्रबाट श्रमिक लिन नमिल्ने भएको राजदूतावासले जनाएको छ ।

‘कतार प्रहरीका लागि यस राजदूतावासबाट २९ अगष्ट २०२१ मा प्रमाणीकरण गरी त्यहाँ पठाइएको थियो । उक्त मन्त्रालयले १४ सेप्टेम्बर २०२१ को पत्रबाट उक्त पदहरूमा अन्यत्रबाट पूर्ति गरिएको भनी राजदूतावासमा जानकारी आएको छ,’ जारी सुचनामा उल्लेख छ ।


क्लिकमान्डु