बैंकिङ क्षेत्रमा तरलता अभाव: बैंकहरुले बढाए निक्षेपको ब्याजदर



काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको कारण वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले बचत तथा एकवर्षे मुद्दति निक्षेपको ब्याजदर १ देखि १.५ प्रतिशत बिन्दुले बढाएका हुन् ।


नबिल बैंकले एकवर्षे मुद्दति निक्षेपको ८.५१ प्रतिशत ब्याजदर दिने सूचना जारी गरेको छ । यस्तै सानिमा बैंकले ९.०१ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

प्राइम बैंकले ९ प्रतिशत एकवर्षको मुद्दति निक्षेपमा ब्याजदर दिने सूचना जारी गरेको छ । कतिपय वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनीभन्दा बढी ब्याजदर मुद्दति निक्षेपमा दिने जनाएका छन् ।

वाणिज्य बैंकहरुमा सबैभन्दा कम ब्याजदर विगतमा जस्तै यो पटक पनि राष्ट्रिय वाणिज्य बैंकले अफर गरेको छ । वाणिज्य बैंकले एक्वर्षको मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ । हिमालयन बैंकको ८.५ प्रतिशत ब्याजदर एकवर्षको मुद्दति निक्षेपमा दिने छ ।

प्रभु बैंकले ८ प्रतिशत,एनसीसीले ८.७५ प्रतिशत तथा सिभिल बैंकले ८.०५ प्रतिशत ब्याजदर मुद्दति निक्षेपमा अफर गरेका छन् । कृषि विकास बैंकले ७.२५ प्रतिशतले ब्याजदर अफर गरेको छ ।


क्लिकमान्डु