बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाइग्नोष्टिकमा मा १०% छुट



काठमाडौं । बैंक अफ काठमाण्डू र एसआरएल डाइग्नोष्टिक (नेपाल)बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकले एसआरएल डाइग्नोष्टिक (नेपाल)ले प्रदान गर्ने प्याथोलिजी सम्बन्धी स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १०% सम्म छुट पाउनुहुनेछ ।

एसआरएल डाइग्नोष्टिक (नेपाल)ले काठमाडौं उपत्यकाको महाराजगञ्जबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु