सेयर बजारमा गिरावट कायमै, कारोबार रकम ५ अर्बमै सीमित



काठमाडौं । बुधबार पनि सेयर बजारमा लगानीकर्ता निराश देखिका छन् । नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंकमा झरेको छ ।

कारोबार रकम बढ्न सकेको छैन । बुधबारको कारोबारमा १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
मनकामना लघुवित्त, कर्पोरेट विकास बैंक, छ्याङदी हाइड्रोलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।

उपसमूहतर्फ सबै उपसूचकमा गिरावट देखिएको छ ।


क्लिकमान्डु