हल्दियाबाट पहिलो पटक निजी कार्गो रेल वीरगन्ज आईपुग्यो



काठमाडौं । नेपालमा हल्दियाबाट पहिलोपटक निजी कार्गो रेल वीरगञ्ज आईपुगेको छ । नेपाल भारत रेल सेवा शुरूवातको १७ वर्ष पछि पहिलो पटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आईपुगेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हिम्ड टर्मिनल प्रालीको एक ¥याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगन्जस्थित सुख्खा बन्दरगाह आईपुगेको बताए ।

उनका अनुसार हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगन्जस्थित सुख्खा बन्दरगाह आईपुगेको हो ।

२०६१ सालमा भएको नेपाल भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वमित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो ।

जसमा नेपालले रेल सेवा सम्झौता पुनरावलोकन गर्न गत जुलाई २०२१ मा सम्झौता गरी दुई देशबीचको सहमति पछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने भएको थियो ।


क्लिकमान्डु